विप्लवका कार्यकर्ताद्वारा गाउँपालिका अध्यक्ष शाही दम्पती अपहरण

1019
views

दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले अपहरण गरेको बताईएको छ ।

ठाँटिकाँध गाउपालिकाको वडा नं – २ को शेरिपाटा उनकै निवासबाट गएराति १२ बजे १५ जनाको समुहमा आएका मानिसहरुले अज्ञात स्थलतर्फ लगेको त्यहाँका स्थानीय  दिनेश थापाले   जानकारी दिए ।  उक्त समूहले भाइ हस्त शाहीलाई पनि आधाबाटोसम्म लिएर साढे १ बजेतिर छोडिदिएको उनले बताए।

 जिल्ला प्रहरी कार्यालय दैलेखले उक्त घटना जानकारीमा आएको बताए पनि पुष्टि भने भई नसकेको जनाएको छ। डिएसपी हरिबहादुर ओलीले भने, घटना सुन्नमा आएको छ, अपहरण नै हो वा होइन भन्ने पुष्टि भई नसकेको हामीले अनुसन्धान सुरु गरेका छौं ओलीले बताए।