लायन्स क्लव अफ शिवालय कुस्माको आयोजनामा नि:शुल्क आँखा शिविर

906
views

निर्मल पौडेल
पर्वत, ६, पुष । लायन्स क्लव अफ शिवालय कुस्माको आयोजना तथा पञ्चासे वाराही भजन कृतन मण्डलीको व्यवस्थापनमा कुस्मा नगरपालिका वार्ड नम्वर १४ आर्थरमा १ दिने निशुल्क आँखा परिक्षण शिविर सम्पन्न भएको छ । शनिवार आयोजना गरीएको शिविरमा २ सय १५ जना आँखाका विरामीहरुले आँखाको परिक्षण गरेका थिए । २ सय १५ जनामध्ये ९ जनामा मोतियाविन्दु भेटिएको छ ।

शिविरमा हिमालयन आँखा अस्पताल पोखराका विशेषज्ञ डाक्टरहरुले विरामीहरुको आँखा जाँच गरेका थिए । शिविरमा मोतियाविन्दु भएका विरामीहरुलाई यही पौष ९ र १० गते पर्वत जिल्ला अस्पतालमा निशुल्क सल्यक्रिया हुने क्लवका अध्यक्ष डिल्लीराम शर्माले जानकारी दिए ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथी तथा लायन्स डिष्ट्रिक ३२५ वि वान् नेपालका डिष्ट्रिक कोचिफ् एड्भाईजर एम्.जे.एफ् लायन्स वसन्तकुमार कर्माचायले आँखा जस्तो संवेदनशिल अंगको रोग र रोगको निदानमा सामाजिक क्षेत्रको उत्कृष्ट संस्था लायन्स क्लवले जिल्लाका विभिन्न ठाउँहरुमा यस्ता कार्यक्रम गर्दै सर्वसाधारणको स्वास्थ्यमा विशिष्ट योगदान गरेको वताए।

कार्यक्रममा क्लवका अध्यक्ष डिल्लीराम शर्माले गाउँका दुर दराजमा रही आँखा उपचारमा समस्यामा परेका गाउँवासी हरुलाई शिविर सञ्चालन गरी सहयोग गर्न पाउँदा आँफू र आफ्नो क्लवलाई आत्मगौरव र सन्तुष्टी मिलेको वताए । कार्यक्रममा वार्ड अध्यक्ष भिम गुरुङले आफ्नो मन्तव्य राख्दै क्लवको निस्वार्थी कार्यका लागि धन्यवाद व्यक्त गरेका थिए । यसैगरी पञ्चासे भजन मण्डलीका अध्यक्ष ढाकाराम पाध्याले लायन्स क्लव जस्तो समाजिक संस्थाले आँफूहरुलाई सम्वोधन गरी सेवा प्रदान गरेकोमा खुशी व्यक्त गरे ।

लायन्स क्लव अफ शिवालय कुस्माका अध्यक्ष डिल्लीराम शर्माको अध्यक्षता , लायन्स डिष्ट्रिक ३२५ वि वान् नेपालका डिष्ट्रिक कोचिफ एड्भाईजर एम्.जे.एफ् लायन्स वसन्तकुमार कर्माचार्यको प्रमुख आथित्यता , क्लवका द्धितीय उपाध्यक्ष गणेशमान श्रेष्ठको स्वागत र क्लवका सचीव मिनप्रसाद शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।