सैनिक सचिव विभागका रथि थापा उपरथीमा बढुवा

1179
views

काठमाडौं, ७, पुष ।। नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति सैनिक सचिव विभागका सहायक रथी निर्मलकुमार थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

जंगी अड्डामा आयोजित एक समारोहकाबीच प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन ।

उपरथी दर्जामा पदोन्नति थापालाई श्री राष्ट्रिय सुरक्षा परिषद सचिवालयको सह–संयोजकको जिम्मेवारी दिईएको छ ।