कर्णालीको संस्कृति सभ्यता जोगाउन कचहरी

1672
views

जितेन्द्र थापा
सुर्खेत, १३ पौष । ‘जोगाउनु छ कर्णालीको संस्कृति सभ्यता, कालिकोटका युवाको सयुक्त एकता’ भन्ने मुल नाराका साथ सुर्खेतको वीरेन्द्रनगरमा शनिवार कालिकोट सुर्खेत सेवासमाज नेपालले युवा कचहरी कार्यक्रम गरेको छ ।

सुर्खेतको होटेल रारा भिजिटमा भएको छलफल तथा अन्तक्रिया कार्यक्रममा पढाईलेखाइ र कामको सिलसिलामा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा अस्थायी बसोबास गर्दै आएका युवाहरुको सहभागिता रहको थियो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकिय सचिव खेमबहादुर सिंहको प्रमुख आतिथ्यतामा र स्थानीय कर्णाली पार्टी अनलाईनका सम्पादक कृष्णराज धमलाको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कचहरीलाई सम्बोधन गर्दै मुख्यमन्त्रिका प्रमुख स्वकिय सचिवले कालिकोट सुर्खेत सेवा समाजले गरेको कामको प्रसंसा गदै स्वकिय सचिव सिंहले युवाले गर्ने हरेक काममा सघाउने आफुले बताए । सिंहले भने ‘आफ्नो मातृभुमि छोडेर टाढा बसेर पनि आफ्नो मातृभुमिलाई सम्झिराख्नु र आफ्नो मातृभुमिको विकाशका लागि युवाहरु यसरी संगठित भएकोमा आभार व्यक्त गर्दछु ।’

कार्यक्रममा अन्य बक्ताहरुले पनि कालिकोट सुर्खेत समाजले अझै राम्रो कामहरु गर्दै गए र अर्झै राम्रो अभियानहरू सञ्चालन गरे आफुहरुलेसहयोग गर्ने प्रतिबद्धता साथै अझै सशक्त रुपमा अगाडि बढ्न शुभकामना दिएका थिए ।

‘जोगाउनु छ कर्णालीको संस्कृति, सभ्यता कालिकोटका तन्नेरीहरूको संयुक्त एकता’ भन्ने मुला नारा लिएर सेवा समाज अघि बढेको र कर्णालीको भाषा, कला ,साहित्य र सस्कृति जगेर्नामा आफुहरु अनवरत रुपमा लाग्ने समाजका अध्यक्ष लोकेश पोखरेलले बताए ।

युवा कचहरि कार्यक्रममा नयाँ पत्रिकाका कर्णाली व्युरो इन्चार्ज खगेन्द्र भट्टराई, पत्रकार महासंघ कर्णाली प्रदेश सदस्य, असोक सिंह, दयाराम सिम्खडा लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन सचिव गोकर्ण प्रसाद उपाध्यायले गरेका थिए ।