सिरिया आक्रमणको विरोधमा इस्तानबुलमा प्रर्दशन

544
views

एजेन्सी । रसियाले सिरियामा गरेको आक्रमणको विरोधमा टर्कीको राजधानी इस्तानबुलमा प्रदर्शन भएको छ । सिरियाको इदलिब प्रान्तमा भएको आक्रमणको विरोधमा टर्कीको इस्तानबुलमा रहेको रुसी महावाणिज्य दुतावास अघि हजारौं सर्वसाधारणले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी अधिकांश टर्कीमा बसोबास गर्ने सिरियालीहरु रहेको बताइएको छ । प्रदर्शनकारीले इदलिबमा नागरिकको हत्यामा रसियाको सग्लनताको आरोप लगाएका छन् ।

विद्रोही नियन्त्रित सो क्षेत्रमा नोभेम्बरदेखि रुसको साथ पाएको राष्ट्रपति असद समर्थिक गठवन्धन सेनाले हवाई तथा स्थल आक्रमण गर्दै आएको छ । बालबालिका र महिलामाथि आक्रमण हुँदा विश्व समुदायले बेवास्ता गरेको भन्दै प्रदर्शनमा सहभागीहरुले आक्रोश समेत ब्यक्त गरेका छन् ।

पछिल्ला आक्रमणपछि इदलिबवाट दुई लाख भन्दा बढी बिस्थापित भइसकेका छन् । हिंसा नरोकिए अझै ४ लाख भन्दा बढी मानिस बिस्थापित हुने राष्ट्रसंघको अनुमान छ ।