गजल

1014
views

जिन्दगीको दुई पल तिमी संगै काट्ने मन छ ।
तिमीनै यो वस्ने मुटु र मुटुको यो धड्कन छ ।।

आहा कस्तो हुन्थ्यो होला कल्पनामै हराउँछु म ।
तिम्रै स्पर्श साथ खोज्ने कामुक यो मेरो तन छ ।

काँडा जस्तो यो जीन्दगी तिमी विना छैन अर्थ ।
आउ प्रिय फूलझैँ फूलाऊ खै यो कस्तो जीवन छ ।

युगौँ युग संधै संगै हुने गरौँ आऊ वाचा कसम
यो कलेजी यो आत्माले संधै तिम्रो नै हुँ भन्छ ।।

मलाई छैन अरु चाह केवल तिम्रै माया वाहेक।
माया भन्दा ठूलो नोट न त आर्को कुनै धन छ ।।
निर्मल पौडेल एन पी घायल कुस्मा पर्वत ।