एकदिनको शिविरमा पाँचसय बढीले लिए लाभ

1512
views

बारा, २२, माघ । बाराको कोल्हबी बाजारमा सञ्चालन गरिएको एकदिने निःशुल्क आँखा शिविरमा पाँचसय ५३ जना आँखाका बिरामीले लाभ लिएका छन । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय रामपुर्वाले सञ्चालन गरेको शिविरमा आँखाका समस्या भएकाहरुले लाभ लिएका हुन ।

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था शाखा कार्यालय रामपुर्वा र मातृका आइ फाउन्डेसनको संयुक्त आयोजनामा भएको शिबिरमा ५ सय ५३ भन्दा बढीले लाभ लिएको मेरोमाइक्रोफाइनान्सका अनुगमन अधिकृत रामकिशोर प्रसाद कुश्वाहाले जानकारी दिनुभयो ।

बालबालिकादेखि लिएर वृद्धवृद्धाहरु समेत सहभागी उक्त शिविरमा २ सय २५ जनामा मोतियाबिन्दु देखिएको छ । शिविरमा पहिचान भएका मोतियाविन्दु प्रभावितहरुको मातृका आइ फाउन्डेसनमार्फत निशूल्क शल्यक्रिया गर्ने जनाएको मेरोमाइक्रोफाइनान्सका शाखा प्रबन्धक अजित कुमार मण्डले जानकारी दिनुभयो ।

शिबिरमा फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत नबराज दाहालले पैसा नभएर समेत उपचारको लागी आँखा अस्पताल नगएकाहरुले शिबिरबाट लाभ लिन पाउनु भएको जानकारी दिनु हुँदै संस्थाले आफ्ना ग्राहकहरुको हितमा विभिन्न कार्यक्रम गर्दै आइरहेको जानकारी दिनु भयो । त्यस्तै, ईलाका प्रहरी कार्यालय कोल्हबी बाराका प्रमुख बालिस्टर सिंहले निशुल्क आँखा शिबिर सञ्चालन गर्नुले बृद्ध बृदाहरुका लागी धेरै राहात भएको जानकारी दिनुभयो ।

फाइनान्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोष अन्तर्गत देशका बिभिन्न स्थानमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको जनाएको छ ।

नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि कार्य संचालन गरिरहेको फाइनान्सले हाल १११ शाखा कार्यालयमार्फत ५६ जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेको संस्थाले १ लाख भन्दा बढी विपन्न घर परिवारलाई लघुवित्तीय सेवा दिइरहेको छ ।

कार्यक्रममा अनुगमन तथा सुपरिवेक्षण विभाग प्रमुख पुष्कर घिमिरे लगाएत बिभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागीता रहेको थियो ।