परिचयपत्र बोकेर अपाङ्गको घरमा उप–मेयर

1067
views

पर्वत, २२, माघ । शारीरिक रुपमा पूर्ण अपाङ्गता भएकी गुमा भुसालको परिचय पत्र लिएर घरमै आएकी उपमेयरलाई देखेपछि आँशु झारिन् । हिंडडुल मात्र नभई बोल्न समेत नसक्ने फलेवास नगरपालिका वडा नं ३ साविक-२ विष्टपानीकी ४५ बर्षिय भुसालाई नगरपालिकाकी उपमेयर मञ्जु अधिकारीेले घरमै पुगेर परिचय पत्र दिएकी हुन् ।

अरुको सहारामा बाँचिरहेकी भुसालले अब परिचय–पत्र पाएपछि मासिक तीनहजार रुपैयाँ भत्ता पाउने र उनले पाउने मासिक भत्ताले उनलाई राहत हुने भन्दै उप–मेयर अधिकारीले भनिन् ‘शारीरिक रुपमा पूर्ण अशक्त भुसालको परिचयपत्र घरमै लगिदिएकी हुँ ।’

पारिवारिक अवस्था कमजोर रहेकी गुमा भुसाल सानो छँदा सपाङ्ग भएपनि पछि पूर्ण अपाङ्गताको जीवन व्यतित गर्दै आइरहेकी छिन् ।

गुमा भुसालजस्ता पूर्ण अपाङ्गता भएका धेरै व्यक्तिहरुले परिचय–पत्र पाउन कष्ट पाईरहेको गुनासो सुनाईरहँदा परिचय–पत्र बोकेर अपाङ्ग व्यक्तिको घरमा उप–मेयर आउँदा जनप्रतिनीधिको वास्तविक अनुभूति गरेको आफन्तको भनाई छ ।