सहिद स्मारक ए डिभिजिन लिग फुटबलमा ११ औँ चरणका खेल आज

685
views

काठमाडौं, २३, माघ  सहिद स्मारक ए डिभिजिन लिग फुटबलमा आज ११ औँ चरणका खेल शुरु हुँदैछन् । सातदोबोटो स्थित एन्फा कम्प्लेक्समा बिहान साढे ११ बजे हुने पहिलो खेलमा मच्छिन्द्र र सरस्वती युथ क्लब भिड्दैछन्। मच्छिन्द्र अहिले २२ अंकसहित लिगको दोस्रो स्थानमा छ ।

आफ्ना १० खेलमध्ये जम्मा एउटामा जित हात पारेको सरस्वती युथ भने ४ अंकसहित लिगको अन्तिम स्थानमा छ । सातदोबाटोमै दिउँसो ३ बजे हुने दोस्रो खेलमा शिर्ष स्थानको विभागीय टोली त्रिभुवन आर्मीविरुद्ध अर्को विभागीय टोली एपीएफ भिड्दैछ ।

एपीएफ ५ अंकसहित लिग तालिकाको अन्तिमबाट दोस्रो स्थानमा छ । २३ अंकसहित पहिलो स्थानमा रहेको आर्मी र २२ अंकसहित दोस्रो स्थानको मच्छिन्द्र, दुबै टिमले आजका खेलमा सहज जित पार्ने सम्भावना देखिन्छ ।

त्यसो हुँदा यी दुई शीर्ष टोलीको अंक तालिकामा फेरबदलको सम्भावना न्युन छ । जारी लिगमा मनाङ मर्स्याङ्दी तेस्रो र थ्री स्टार चौथो स्थानमा छन्।