कोरोनाले चीनमा लियो ६३६ जनाको ज्यान , ३१ हजारमा संक्रमण 

840
views

एजेन्सी  २४, माघ   । चीनको स्वास्थ्य मन्त्रालयले भनेको छ, बिहीबारमात्रै ७३ जनाको ज्यान गएको छ।

मन्त्रालयले शुक्रबार बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार थप ३ हजार १ सय ४३ जनामा संक्रमण भेटिएको जनाएको छ। मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा ९ सय ६२ जना गम्भीर बिरामी छन् र बिहीबार मात्रै ३ सय ८७ जना उपचारपछि घर फर्किसकेका छन्।

दुई हप्ता अघि चीनको वुहानबाट फैलिएको कोराना भाइसका कारण हालसम्म ६ स ३६ जनाले चीनमा ज्यान गुमाइसकेको मन्त्रालयको तथ्यांक रहेको छ। अहिलेसम्म चीनका विभिन्न शहरमा उपचाररत संक्रमितहरुको संख्या ३१ हजार १ सय १६ जना रहेका छन्।

त्यस्तै उपचारपछि १ हजार ५ सय ४० जना अस्पतालबाट निको भएर फर्किएको तथ्यांक सार्वजनिक गरेको छ। कोरोना भाइरसका कारण चीन बाहिर भने २ जनाको ज्यान गएको छ। कोरोनाको बारेमा सबैभन्दा पहिला विश्व समुदायलाई जानकारी दिने चिनीयाँ डाक्टरको पनि कोरोना भाइरसकै कारण मृत्यु भएको छ।