नौं दलले राष्ट्रिय स्वाधीनताको रक्षाको पक्षमा सुर्खेतमा आज प्रर्दशन गर्ने

807
views

जितेन्द्र थापा
सुर्खेत, २४, माघ ।
आज विभिन्न नौ राजनितिक दलहरुद्धारा राष्ट्रिय स्वाधीनताको रक्षाको पक्षमा सुर्खेतमा पनि प्रर्दशन गर्ने जनाएका छन् ।

विभिन्न नौं साना राजनैतिक दलहरुको देशव्यापी कार्यक्रम अन्र्तगत कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रदर्शन गर्न लागिएको बिहिवार पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी दिईएको हो ।

मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी परियोजना माथिल्लो कर्णाली सम्झौता खारेजी, कालापानी, लिपुलेख, लिम्पियाधुरा लगायतका नेपाली भुभाग समेटेर भारतले सार्वजनिक गरेको जाली नक्साको विषयमा नौ राजनितिक दलहरुले संयुक्त विरोध सभा गर्ने भएका हुन् ।

नौ राजनितिक दलहरुमा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल), नेकपा (माले), ने क पा (माओवादी केन्द्र), नेपाल कम्युष्टि पार्टी, समाजवादी पार्टि, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, राष्ट्रिय जनमोर्चा नेपाल र राष्ट्रिय जागरण परिषदले भोलि देशभर संयुक्त रुपमा विरोधसभा कार्यक्रम गर्न लागेका हुन् ।

नेकपा (क्रान्तिकारी माओवादी) पार्टिका पोलिटव्युरो सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज चक्रपाणि शर्मा(सिपी)ले यो देशलाई माया गर्ने राजनितिक दलहरु देशभकत बामपन्थी, बुद्धिजिवी लगायत सम्पुर्ण नेपालीहरुको दायित्व असमान सन्धि सम्झौताबाट देशलाइ जोगाउनु रहेको बताए ।

यस्तै राजमो नेपालका केन्द्रिय सदस्य रत्नविक्रम प्यासीले अमेरीकाले एमसिसी मार्फत नेपाललाई परेड स्थल बनाउने भन्दै कडा विरोध गरेका छन् । रुस चिन लगायत अन्य मुलुकहरुलाई कमजोर बनाउनको लागि एउटा शक्ति तयार गरिरहेको बताए । अहिले अमेरिकाले दक्षिणि प्रान्तमा एम सि सि पास गरेर आफना सेनाहरु राखेर नेपाललाई रणभुमि बनाउन लागेको बताए ।