गायक डम्बर नेपाली र गायक निशान भट्टराईलाई गृहनगरमा सम्मानित

678
views

मोरङ ११, फागुन ।  चर्चित गायक डम्बर नेपाली र गायक निशान भट्टराईलाई गृहनगर उर्लाबारीमा शनिवार सम्मान गरिएको छ।

महाशिवरात्रिको अवसरमा ‘बृहत साँगीतिक साँझ’ आयोजना गरी यु युथ्स अफ उर्लाबारीले गायकद्वयलाई सम्मान गरिएको हो।

उनीहरुलाई प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले सम्मानपत्र प्रदान गरे। ‘उर्लाबारीलाई सांगीतिक उर्भरभुमीका रुपमा देशविदेशमा चिनाउन सफल डम्बर र निशानलाई सम्मान गरिएको हो, कार्यक्रम संयोजक किशोर श्रेष्ठले भने कार्यक्रममा डम्बर र निशानले आफ्ना नयाँ तथा पुराना चर्चित गीत गाएर दर्शकलाई मनोरञ्जन दिलाए।

डम्बरले शिवरात्री साँझलाई अझ रंगीन बनाइदिए। क्लबका अध्यक्ष प्रेमराज शर्माले कार्यक्रमलाई सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए।