पर्वत । कुश्मानगरपालिका वडा नं–१२ ठुलिपोखरी वडा कार्यालयले “वडा स्तरिय कोरोना भाइरस (कोभिड समन्वय, नियन्त्रण एवं आपतकालीन राहत कोष ब्यबस्थापन तथा संचालन समिति निर्माण गरेको छ ।
समितिले राहत दिनुपर्ने, दैनिक जिविकोपार्जन गर्न नसक्ने, दैनिक चुल्हो बाल्न नसक्ने, बिपन्न बर्गमा पर्ने वडाका वडाबासिहरुको लगत संकलन गर्ने कामलाई तदारुकता साथ गर्ने निर्णय समेत गरेको छ ।
साथै राहत संकलन कुश्मा, नगरपालिका जिल्ला बिपद ब्याबस्थापन समिति, संघीय सरकारबाट साथै देश बिदेशमा रहेर सहयोग गर्न चाहाने सहयोगी महानुभाबहरुबाट राहत संकलन गरी राहात कोषमा जम्मा गर्ने समेत जनाएको छ । उक्त राहत एकद्वार प्रणाली मार्फत राहत वितरण गर्नुका साथै दाताहरुको रेकर्ड अध्याबधिक गर्ने जनाएको छ ।
वडा अध्यक्ष राजेन्द्र पौडेलको संयोजकत्वमा कुश्मा नगरापालिका वडा नं १२ का सदस्य सरस्वति विक, वडा सदस्य, गणेश पौडेल (पार्टी अध्यक्ष नेकपा ठुलिपोखरी), कुमार सुवेदी पार्टी सभापति नेपाली काँग्रेस, हेमराज सापकोटा स्थानिय समाजसेवी, डा. राजन लामिछाने प्रा.स्वास्थ केन्द्र प्रमुख ठुलिपोखरी, कुल बहादुर जिसी, प्रहरी प्रमुख ठुलिपोखरी, मेघनाथ आचार्य प्राध्यापक श्री जनता सुदर्शन माध्यमिक विद्यालय र सदस्य सचिव टिकाराम उपाध्याय वडा सचिव रहेका छन ।











