कोरोना संक्रमणबाट कंगोका पूर्वराष्ट्रपतिको मृत्यु

727
views

एजेन्सी, १८, चैत । कंगोका पूर्वराष्ट्रपति ज्याकुज जोकुम योम्बी ओपांगोको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । ओपांगोको ८१ वर्षको उमेरमा पेरिस अस्पतालमा सोमबार मृत्यु भएको उनको परिवारले जानकारी दिएको हो । योम्बीका छोराले यसअघि नै अन्तर्रा्ष्ट्रिय मिडियालाई बाबुलाई कोरोना संक्रमण भएको जनाएका थिए ।

उत्तरी कंगोको कुभेत्ते क्षेत्रमा जन्मिएका योम्बी पहिले सैनिक अधिकृत थिए । पछि मात्रै तत्कालिन राष्ट्रपति मरियन न्गुअबीलाई अपधस्थ गरी सत्तामा आएका हुन् । कु गरेको भन्दै योम्बी ओपांगो १९८७ देखि १९९० सम्म जेलजीवत समेत बिताए ।

तत्कालिन राष्ट्रपति लिस्सउबासँग एकता गरी १९९४ देखि १९९६ सम्म प्रधानमन्त्री बनेका थिए । जब कंगोमा गृहयुद्ध भयो त्यसपछि उनी १९९७ मा फ्रान्समा निर्वासनका लागि गएका थिए । २००७ मा मात्रै उनी कंगो फर्किएका हुन् । त्यसपछि उनी स्वास्थ्य समस्याका कारण फ्रान्स र कंगो गरिरहन्थे । अन्नपूर्ण पोष्टबाट साभार