महाशिलामा पहिलो चरणको राहत वितरण

577
views

निर्मल पौडेल
पर्वत, २६, चैत्र । पर्वतको महाशिला गाउँपालिकामा पहिलो चरणको राहत वितरणको काम सकिएको छ । विश्वभरी फैलिरहेको नोवेल कोरोना भाईरसका कोभिड १९ का कारण देश लकडाउनमा गएपछी जिल्लामानै पहिलो पटक राहत प्याकेजको घोषणा गरेर वितरण गर्न शुरुवात गरेको पालिकाले पहिलो चरणको राहत वितरणको काम सम्पन्न गरेको हो ।

महाशिला गाउँपालिकाका प्रवक्ता तथा वार्ड नम्वर ५ का अध्यक्ष जीविन उच्चै ठकुरीका अनुसार पहिलो चरणमा पालिका भित्र रहेका १ सय ५६ घरधुरीका पीडित परिवार लाई रु २ हजार का दरले वितरण गरिएको हो ।

लकडाउन भएपछाडी पालिका भित्र रहेका तथा विकास निर्माणका लागि अन्य जिल्ला तथा ठाउँहरुवाट आएर वसोवास गर्ने गरिव मजदुर तथा विपन्न वर्गकाहरुका लागि पहिलो चरणमा राहत वितरण गरिएको प्रवक्ता उच्चैले जानकारी दिए । पालिकामा लकडाउन लाई पुर्ण कार्यन्वयन गरी वार्ड तथा टोलटोलमा समन्वय गरी सामाजिक दुरी कायम गर्दै राहत प्रदान गरिएको ठकुरीले वताए ।

यसैगरी गाउँपालिकाले विहिवार वाट दोस्रो चरणको राहतको पनि व्यवस्था गरेको छ । पालिका भित्र रहेका मजदुरी तथा ज्यालादारी गरेर गुजारा चलाउने मात्र नभई अन्य गरिव तथा निम्न वर्गका कोही कसैले गुनासो गरे तथा राहतको महशुस गरे त्यस्ता व्याक्तिहरुलाई तुरुन्त १ घण्टाभित्र घरमै गएर राहत प्रदान गर्ने ठकुरीले वताए ।

यसैगरी स्वच्छिक रुपमा राहत लिन चाहनेहरुले वार्ड कार्यलयमा निवेदन दिनु पर्ने, जनप्रतिनिधी संग वा टोल विकास समितीका अध्यक्ष संग सम्पर्क गरी राहत लिन सक्ने भएका हुन् । राहत दिएर प्रचारवाजी गर्न भन्दा पनि वास्तविक पीडितहरुलाई वैधानिक रुपवाट महशुस हुने गरी प्रदान गरिएको गाउँपालिका कार्यलयले जनाएको छ ।