तारकेश्वर नगरपालिका १० मा ६ सय ५३ जना लाई राहत वितरण

838
views

निर्मल पौडेल,काठमाण्डौ २६ चैत 
काठमाण्डौको तारकेश्वर नगरपालिका वार्ड नम्वर १० ले आफ्ना वार्ड भित्र रहेका ज्याला मजदुरी गरी जिविकोपार्जन गर्ने ६ सय ५३ जनालाई राहत वितरण गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस कोभिड १९ का कारण देशमा लकडाउन भएको अवस्थामा समस्यामा परेकाहरु लाई वुधवार राहत प्रदान गरेको हो । लकडाउका कारण ज्याला मजदुरी गर्न नपाएका तथा निम्न आर्थिक अवस्थाका व्याक्तिहरु लाई वार्डका विभिन्न ३ स्थानहरुवाट राहत स्वरुप दाल चामल सावुन,नुन तेल,चिनी,सावुन लगायतका अत्याश्यक सामाग्रीहरु प्रदान गरेको हो । वार्डले संकटमा परेकाहरु तथा वार्ड भित्र रहेर देैनिक गुजारा चलाउन गाह्रो परेका व्याक्तिहरु लाई विषेश राहत प्याकेजको घोषणा गरी प्रदान गरेको नेपाल कम्युनिष्ट पार्टी नेकपा तारकेश्वर नगरपालिका वार्ड नम्वर १० का अध्यक्ष तथा विपद् व्यवस्थापन समितीका सदस्य विनोद पौड्यालले जानकारी दिएका छन् । पौडयालले यो विषम परिस्थितीमा जो जहाँ भएपनी अफ्ठयारोमा परेकाहरुलाई सवैले सक्दो सहयोग गर्नुपर्ने वताए । कोरोना प्रकोप र लकडाउनका कारण विशेष गरी दैनिक ज्यालामजदुरी गरी जीवन निर्वाह गर्नेहरु धेरै मर्कामा परेकाले राज्यले यस्तो वर्गका मानिसहरुलाई छुट्टै किसिमको राहतको व्यवस्था गर्नुपर्ने पौडेलको भनाई रहेको छ ।