अमेरिकामा एकैदिन १९२६ जनाको मृत्यु, मर्नेको संख्या ८८ हजार नाघ्यो

600
views

काठमाडौं, २७, चैत्र । कोरोना भाइरस कोभिड–१९का कारण अमेरिकामा बुधबार एकैदिन १ हजार ९ सय २६ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा मात्र मृत्यु हुनेको संख्या १४ हजार ७७४ पुगेको छ ।

यससँगै विश्वभर मृत्यु हुनेको संख्या ८८ हजार ४ सय ४१ जना पुगेको छ । जसबाट १५ लाख १७ हजार ९५ जना संक्रमित बनेका छन् । त्यस्तै ३ लाख २९ हजार ९ सय ५५ जना निको भएका छन् ।

अमेरिकामा ४ लाख ६२ हजारमध्ये ३१ हजार ७० जना नयाँ संक्रमित थपिएका छन् । युकेमा पनि एकै दिन ९३८ जनाले ज्यान गुमाएका छन् । युकेमा हालसम्म ७ हजार ९७ जनाले ज्यान गुमाएका छन् । ६० हजार ७३३ जना संक्रमित मध्ये ५ हजार ४ सय ९१ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै स्पेनमा एकै दिन ७४७ जनाले ज्यान गुमाएका छन्। स्पेनमा हालसम्म १४ हजार ७९२ जनाले ज्यान गुमाएका छन्। स्पेनमा १ लाख ४८ हजार २२० संक्रमित छन् । जसमा ६ हजार २ सय ७८ जना नयाँ संक्रमित भएका छन् ।

इटलीमा एकै दिन ५४२ जनाले ज्यान गुमाएका छन् । हालसम्म इटलीमा १७ हजार ६६९ जनाले ज्यान गुमाएका छन् । कोरोनाले मृत्यु हुने इटलीमा सबैभन्दा बढी छन् । १ लाख ३९ हजार ४२२ संक्रमित छन् । जसमा ३ हजार ८ सय ३६ जना नयाँ संक्रमित थपिएका छन् ।