पोखरा केन्द्रविन्दु बनाएर ३ रेक्टर स्केलको भूकम्प

442
views

पोखरा, ६, बैशाख । पोखरामा शनिबार भूकम्पको धक्का महसुश भएको छ । ११ बजेर १५ मिनेट जाँदा ३ रेक्टर स्केलको भुकम्प गएको रष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

सानो भूकम्पको धक्का भएपनि लकडाउनमा घरमै बसेकाहरुले महसुस गरेर सडकमा निस्केका थिए । कास्कीको पुरुन्चौर केन्द्रविन्दु भएर भूकम्प गएको हो ।