कस्तो हृदयबिदारक दृष्य ! के यी युवा अपराधी हुन् ?

881
views

–भवानी प्रसाद शर्मा
कथित परिवर्तनका नाममा जनतालाई भिडाएर र राज्य तहमा बसेर हजारौ निहत्था जनताको हत्या गर्नेहरु आज शासकको रुपमा ऐस आरामको जीवन विताईरहेका छन् ! परिवार पाल्नको लागि भारत गएर श्रम बेच्ने यि युवाले आफ्नै देशको सीमा आएर कैदीको जीवन निर्वाह गर्दै भारतीय प्रहरीको घेरामा आफ्नी आमाको काज किरिया गर्दैछन् ! के यी युवा अपराधी हुन् ?

चीनको वुआनवाट धनी र पहुँचवालाका छोरा छोरीलाई सरकारी खर्चमा नेपाल ल्याएर खरिपाटीको क्वारेन्टाईनमा राख्न सक्ने सरकारले सीमामा आएका यि नेपालीहरुलाई आफ्नो देशमा ल्याएर क्वारेन्टाईनमा किन राख्न सक्दैन ?  धेत गणतन्त्र !

पञ्चायतकालमा नेपालमा स्थापना भएका राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका सयौं उद्योगहरु मात्र चलिरहेका हुँदा हुन् त यि नेपाली दाजुभाईहरु सायद आफ्नो प्यारो जन्मभूमि र परिवार छाडेर विदेशीनु पर्ने थिएन होला ।

चीनको वुआनवाट धनी र पहुँचवालाका छोरा छोरीलाई सरकारी खर्चमा ल्याएर खरिपाटीको क्वारेन्टाईनमा राख्नसक्ने सरकारले यि नेपालीहरुलाई आफ्नो देशमा ल्याएर क्वारेन्टाईनमा किन राख्न सक्दैन ?

यदि यो देशमा सरकार छ भने यस्तो विपदको बेला बिभिन्न देशमा रहेका नेपालीहरुलाई समेत उद्धार गरी बसोवास तथा क्वारेन्टाईनको साथै उपचारको समेत व्यवस्था गर्नुपर्दछ । तर पनि वाहिरबाट आउने ९० प्रतिशतभन्दा बढी नागरिक आफ्नै होम क्वारेन्टाईनमा बस्न सक्ने अवस्था छ । यसबाट सरकारले कुनै ठुलो मुल्य चुकाउनु पर्दैन । मात्र सम्वन्धित पालिका र वार्डहरुले निगरानी गरे मात्रै हुने अवस्थामा आफ्नै नागरिकलाई नेपालको सीमा नाकामा रोक्नु ठूलो अपराध मात्र होइन बर्वर क्रुरता समेत हो ! ‘जय श्रीकृष्ण ।

शर्मा सन् २०१६ सेप्टेम्बर ४ मा केन्द्रिय कफी सहकारी संघका तात्कालिन केन्द्रिय उपाध्यक्ष हुन् ।