नेपाल–अंग्रेज युद्धमा मधेशवादी नेपालीको वीरता

1241
views

बारा, २८, बैशाख । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा–७ मा निर्मित एकिकरण स्मिृत उदानको शिलन्यास गरिएको छ । श्री नं २८ बाहिनी अड्डाको हाताभित्र निर्माण गर्न लागिएको एकिकरण स्मृति उद्यान प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले शिलान्यास गरेका हुन ।

सो अवसरमा मुख्यमन्त्री लालबाबु राउतले तराईवासी नेपाली जनता र नेपाली सेनाबीचको सम्बन्धलाई मजबुत बनाउँदै हिमाल, पहाड र तराईको ऐतिहासिक चिनारी दिएको बताए । उनले राष्ट्रिय गौरवको आयोजनामा पर्ने उद्यानको निर्माणमा सेनाले लिएको पहल स्रहानिय रहेको बताए ।

बाहिनी अड्डाको तीन विगाह जग्गामा निर्मित उद्यानले नेपाल–अंग्रेज युद्धको दौरान अंग्रेज फौज विरुद्ध मधेशवासी नेपालीहरुले देखाएको बहादुरी तथा नेपाल एकिकरण पुर्याइएको योगदानका र तत्कालीन अवस्थाका ऐतिहासिक गढी तथा किल्लाहरुको सम्बर्धनका साथै तराई, मधेश, पहाड र हिमालविचको ऐतिहासिक सम्बन्ध र राष्ट्रिय एकतालाई उजागार गर्ने विश्वास लिइएको छ ।

स्मृति उद्यानमा हिमाल, पहाड र तराईका विभिन्न कला र संस्कृति झल्किने ऐतिहासिक प्रर्दशनी समेत रहने छ । २२ करोड लागतमा रहेको उक्त परियोजना आर्थिक वर्ष ०७७ र ७८ मसान्तभित्र निर्माण सम्पन्न गरि जितपुर सिमरा उपमहानगरपालिकाको स्वामित्व र रेखदेखमा संचालन हुने छ ।

शिलान्यास समारोहमा प्रदेश नं २ का माननीय भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोन्हल, महान्यायधिवक्ता दिपेन्द्र झा, जीतपुर सिमरा उपमहानगरपालिकाका प्रमुख डा.कृष्ण पौडेल, प्रदेश २ का सचिव यम प्रसाद भुषाल, बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डित र प्रदेश २ का सिनियर डिभिजनल इन्जिनियर भगवान झा लगाएतको सहभागिता रहेको थियो ।

कार्यक्रममा मध्य पृतनाका पृतनापति उपरथी ताराध्वज पाण्डेले स्वागत तथा बाहिनीपति अनुपजंग थापाले उक्त परियोजना सम्बन्धी जानकारी दिएका थिए ।