कोरोनाबाट २ लाख ९२ हजार बढीको मृत्यु

573
views

बैशाख, ३१, गते । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४३ लाख ४२ हजार नाघेको छ । संक्रमणबाट दुई लाख ९२ हजार ८ सयभन्दा बढीको मृत्यु भएको छ ।

अमेरिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ हजार ४ सय नाघेको छ । अमेरिकामा १४ लाख ८ हजार ६ सयभन्दा बढी संक्रमित भइसकेका छन् ।

पछिल्लो समय रुसमा संक्रमण दर तीब्र रुपले बढेको छ । त्यहाँ दैनिक १० हजारभन्दा बढी संक्रमित थपिएका छन् । रुसमा संक्रमितको संख्या दुई लाख ३२ हजार नाघेको छ भने दुई हजार १ सयभन्दा बढीले ज्यान गुमाएका छन् । रुस बढी संक्रमण हुने मुलुकको तेस्रो स्थानमा पुगेको छ ।

संक्रमणबाट बेलायतमा ३२ हजार ६ सय, इटलीमा ३० हजार ९ सय, स्पेनमा २६ हजार ९ सय र फ्रान्समा २६ हजार ९ सयभन्दा बढीको ज्यान गइसकेको छ ।

भारतमा कोरोना संक्रमितको संख्या ७४ हजार २ सय नाघेको छ भने २ हजार ४ सय १५ जनाले ज्यान गुमाएका छन् । त्यस्तै पाकिस्तानमा संक्रमितको संख्या ३२ हजार ६ सय ७४ पुगेको छ । त्यहाँ ७ सय २४ जनाले ज्यान गुमाएका छन् । विश्वभर १५ लाख ९६ हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।