सुर्खेत प्रहरीद्धारा करोडौंको सुन बरामद

868
views

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले वीरेन्द्रनगर वडा नं. २ मुलपानीबाट अन्दाजी ६ करोड बराबर मूल्यको सुन बरामद गरेको छ । 

विशेष सुराकीको आधारमा प्रदेश र जिल्ला प्रहरी कार्यालयको टोलीले सुन बरामद गरेको पुष्टी गरेपनि सुन नै हो भन्ने प्रमाणित नभएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी राजेन्द्रप्रसाद भट्टले झण्डै १० थान सुनका बाला, झुम्का, क्लीप र कमलको फुल आकारको हिराजडित सुन बरामद गरेको जानकारी दिए ।

सुन लुकाएर राखेको अवस्थामा स्थानीय मनबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मध्यराती घटनास्थललाई सील गरेर आज विहानबाट थप सुन लुकाएको आशंकामा खोजविन जारी राखेको एसपी भट्टले जानकारी दिए ।

प्रहरी स्रोतका अनुसार कम्तीमा २० तोला सुन प्रहरीले बरामद गरेको छ । सुन कहाँबाट कस्ले ल्यायो भन्ने नखुलेको र अनुसन्धान भइरहेको एसपी भट्टले बताए ।