मुगुमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, दश जना घाइते

579
views

मुगु । बुधबार मुगुमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दश जना घाइते भएका छन्।

जिल्ला सदरमुकाम गमगढीबाट सोरु गाँउपालिका स्थित तारापानीतर्फ जादै गरेको बोलेरो जीप छायाँनाथ रारा नगरपालिका ३ निगाले गाउँ नजिकै दुर्घटना हुँदा गाडीमा सवार मध्ये एकजना यात्रुको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

क १ ज ३२ नम्बरको बोलेरो जीप सडक बाट अन्दाजी १०० मिटर तल खसेको र गाडीमा रहेका चालकसहित १० जना घाइते भएको मुगु प्रहरीले जनाएको छ। मृत्यु हुनेमा छायाँनाथ रारा नगरपालिका वडा नं १३ रुगागाँउका १८ वर्षीय धर्म लावडको रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख डाक्टर निर्मल नगरकोटीले बताए।