प्रदेश अस्पताल सुर्खेतका चिकित्सकमा कोरोना, ओपीडी सेवा बन्द

776
views

काठमाडौं । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत ७ जना चिकित्सकमा कोरोना संक्रमण देखिएपछि आजदेखि अस्पतालको ओपीडी सेवा बन्द गरिएको छ । अस्पतालका अनुसार दुई जना कन्सल्ट्यान्ट, ४ जना मेडिकल अधिकृत र एक जना स्वाथ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि आजदेखि एक हप्ताका लागि ओपीडी सेवा बन्द गरिएको हो ।

अस्पतालमा सेवा लिन आउने सेवाग्राहीहरुलाई कोरोनाको संक्रमण हुन नदिनका लागि सतर्कता अपनाउनु पर्ने भएकाले आकस्मिक बाहेकका सवै सेवा बन्द गरिएको अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले जानकारी दिए ।

खड्काका अनुसार एक हप्तापछि अस्पतालको अवस्था हेरेर अर्को निर्णय गरिने छ। हाल प्रदेश अस्पतालकै कोरोना विशेष अस्पतालमा २३ जना कोरोना संक्रमित उपचाररत छन्।