ललितपुरका दुई अस्पातलमा तीन संक्रमितको मृत्यु

416
views

काठमाडौं, २७, भदौ । ललितपुरका दुई अस्पतालमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । पाटन अस्पताल र मेघा अस्पतालमा एक÷जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार पाटन अस्पताल, ललितपुरमा भक्तपुरका ७२ वर्षीय कोरोना संक्रमित पुरुषको गए राती ९ः४५ बजे र भदौ १९ गतेदेखि उपचार गराइरहेका काठमाडौका ५१ वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान २ः०० बजे मृत्यु भएको हो ।

यसैगरी भदौ २६ गतेदेखि मेघा अस्पताल, ललितपुरमा उपचार गराइरहेका भक्तपुरका ३८ वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान ७ः४० बजे मृत्यु भएकाहो ।