राज्यसत्ता परिवर्तनका लागि नयाँ आधारमा नयाँ पहल आवश्यक : विप्लव

1113
views

काठमाडौं, ४, असोज । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राज्यसत्ता परिवर्तनका लागि नयाँ आधारमा नयाँ पहल आवश्यक भएको बताएका छन् ।

आईतवार विप्लवले सार्वजनिक गरेको वित्रप्तीका सफलताका लागि संविधान संशोधन नभएर राज्यव्यवस्था नै परिवर्तन गर्नुपर्ने बताएका छन् ।

उनले ‘असफलता र संकटको निकास संविधान संशोधन वा परिमार्जन नभएर राज्यव्यवस्थाको परिवर्तन भएको उल्लेख गर्दै देशको कुशासन, भ्रष्टाचार, राष्ट्रघातलगायत संकटले दलाल पुँजीवादी राज्यसत्ताको असफलता पुष्टि गरेको विज्ञप्तिमा जनाएका छन् ।

विप्लवले यसका लागि आफ्नो पार्टी लागेको भन्दै सबैलाई यही दिशामा लाग्न आग्रहसमेत गरेका छन् ।