पछिल्लो २४ घण्टामा १९ सय ५४ संक्रमित थपिए

495
views

काठमाडौं, १२ कार्तिक । पछिल्लो २४ घण्टामा १ हजार ९५४ जना कोरोना संक्रमित भएका छन् । यो सँगै संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा देशभर २ हजार ९८१ जना संक्रमणमुक्त भएको जनाइएको छ

यो सँगै हालसम्म १ लाख २१ हजार ८२४ पुगेको छ। र, आज देशभर ११ जना संक्रमितको मृत्यु भएको छ ।