नेकपाको केन्द्रीय समिति बैठक स्थगित

536
views

काठमाडौं । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक स्थगित भएको छ । बैठक आगामी मंसिर १५ सम्मका लागि स्थगित गरिएको नेकपाले जनाएको छ ।

कोरोना भाइरस (कोभिड–१९)को जोखिम बढेको कारण बैठक सारिएको नेकपाको केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । बैठक मंसिर १५ देखि १७ सम्म आयोजना हुने विज्ञप्तीमा उल्लेख छ ।

गत भदौ २६ मा सम्पन्न नेकपाको स्थायी समिति बैठकले कात्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय समिति बैठक बसाल्ने निर्णय गरेको थियो ।