नेकपामा सहमति प्रयासका लागि तिव्र दौडधुप

921
views

काठमाडौं, २४, कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा बढेको विवादले फुट जोगाउन दोस्रो तहका नेता सहमतिको दौडधुपमा लागेका छन् ।

नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग खुमलटारमा छलफल गरेका छन् । पौडेल प्रधानमन्त्री ओलीको सन्देश लिएर दाहालकोमा पुगेका थिए ।

असन्तुष्ट नेताहरुले बैठक बोलाउन दिएको समयसीमा सोमबार सकिँदै गर्दा दोस्रो तहका नेताको दौडधुप चलेको हो ।

दाहालसहितका पाँच नेताले तीन दिनभित्र सचिवालय बोलाउन माग गरेपनि ओलीले त्यसलाई अस्वीकार गर्दै आएका छन् ।

प्रधानमन्त्री ओलीले शनिबार र आइतबार पनि महासचिव पौडेललगायत आफूपक्षीय नेताहरुसँग छलफल गरेका थिए । हिजो उनले बरिष्ठ नेता माधव नेपाल लगायतसँग भेटेर आफुलाई सहयोग गर्न र एकता जोगाउन आग्रह गरेका थिए ।

नेता नेपालले विवादका विषयलाई पार्टी बैठकवाटै टुग्याउन सुझाव दिएका थिए ।