पछिल्लो २४ घन्टामा ८ सय ३० जनामा संक्रमण पुष्टि

408
views

काठमाडौं, २८, मंसिर । नेपालमा कोरोना भाइरसका आज ८ सय ३० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ हजार ५ सय संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ३५ हजार ७ सय ३१ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

कोरोनाबाट एकहजार छ सय ९८ जनाले ज्यान गुमाएका छन् । आइतबार मात्र कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ ।

यस्तै अहिले ५१६ जना क्वारेन्टिन र १० हजार ९९४ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। कोरोनाका गम्भीर २९४ जनाको आइसीयूमा र ५२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।