सुर्खेतका १७ जना शिक्षकमा कोरोना पुष्टि

545
views

जितेन्द्र थापा
सुर्खेत, २८, मंसिर । सुर्खेतको एक विद्यालयका ११ जना शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ११ जना शिक्षकमा संक्रमण पुष्टि भएको हो ।

एउटौ विद्यालयका ११ सहित १७ जना शिक्षकमा कोरोना भाइरस (कोभिड(१९)को संक्रमण देखिएको छ ।

जिल्लाका अन्य विद्यालयका ६ शिक्षकमा पनि कोरोना पोजेटिभ पुष्टि भएको छ । यो सँग १७ जना शिक्षकमा कोरोना पुष्टि भएको जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ ।

पञ्चपुरी नगरपालिकाको सुर्यप्रकाश माद्यामिक विद्यालय, पलैटेका ११ जना शिक्षक विद्याज्योती माद्यामिक विद्यालय बाबियाचौरका दुईजना शिक्षकलाई पनि संक्रमण देखिएको छ ।

सुर्खेतकै गुर्भाकोट नगरपालिकाको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका दुईजना र जनसेवा आधारभुत विद्यालयका एकजना शिक्षकमा पनि कोरोना संक्रमण देखिएको नगर शिक्षा प्रमुख पदम विकले जानकारी दिए ।

वीरेन्द्रनगर नगरपालिकाका अर्का शिक्षकको पूरा विवरण आइनसकेको छैन् ।