यो मुलुक जे गरेनी हुन्छ

921
views

गजल
बडो जान्ने छस् तँ बुज्रुक जे गरेनी हुन्छ ।।
तेरा बाउको हो यो मुलुक जे गरेनी हुन्छ ।।

उधारो सामानको बिल जस्तै हो विधान ।
मिलीहाल्छ भए भूलचुक जे गरेनी हुन्छ ।।

घर जावोस् कि घडेरी तँलाई यत्रै सिती ।
छिमेकीले राख्छ तम्सुक जे गरेनी हुन्छ ।।

दिनगन्ती शुरु भए भित्तेपात्रो हेर्दै गर्नुस् ।
अब मशाल उठ्छ बन्दुक जे गरेनी हुन्छ ।।

एन पी घायल पर्वत ।