संसद विघटनविरुद्ध जसपा प्रदर्शनमा

560
views

काठमाडौं, ८, पुस । प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक भएको भन्दै जनता समाजवादी पार्टी ‘जसपा’ले आज देशभर विरोध प्रदर्शन गर्ने भएको छ ।

जसपाले लोकतन्त्रको मुल्य मान्यता विपरीत असंवैधानिक कदम चालेको भन्दै देशका सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्न लागेको सो पार्टीले जनााएको छ ।

जसपाको मंगलबारको बैठकले पुस १० गते राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस र १२ गते केन्द्रीकृत जनप्रदर्शन गर्ने निर्णयपनि गरेको छ । जसपाले प्रतिनिधिसभाको बैठक बोलाउन सभामुखलाई आग्रह समेत गरेको छ ।