पर्वत, ८, पुस । पर्वतको फलेवास नगरपालिकाले ‘टनेल हाम्रो उत्पादन तपाईको’ कार्यक्रम शुरु गरेको छ । कृषकहरुलाई ब्यावसायिक खेतीतर्फ उन्मुख गराउन यो कार्यक्रमको शुरुवात गरेको हो ।
कृषकले मौसमी तथा बेमौसमि तरकारी उत्पादन गरी आन्मननिर्भर बन्न सकुन र उनिहरुको आयस्तरमा सुधार होस् भन्ने उद्वेश्यले चालु आर्थिक वर्षदेखि यस्तो कार्यक्रम शुरु गरेको हो ।
उक्त कार्यक्रम नगरपालिकाका ११ वटै वडाका कृषकहरुलाई प्रत्यक्ष लाभ पुग्नेगरी अनुदानमुलक कार्यक्रममा स्थानीय कृषकहरुलाई प्रति टनेलमा रु १५ सय रुपैँया बराबर लागत साझेदारी गर्ने नगरप्रमुख पदमपाणी शर्माले जानकारी दिए ।
नगरपालिकाले कृषि फार्म संचालन गर्ने कृषकहरुलाई कृषक तथा पशु फार्म संचालन गर्न रकम विनियोजन गरेको छ । एक वडा एक पशु फार्मका लागि यस वर्ष रु १० लाख रुपैया विनियोजन गरको छ । उक्त बजेटमा फार्मका लागि ५० प्रतिशतसम्म लागत साझेदारी गर्ने नगरप्रमुख शर्माले जानकारी दिए ।