पछिल्लो २४ घण्टामा पाँच सय जनामा कोरोना संक्रमण पुष्टि

401
views

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर ५४ सय ३४ जनाको पिसिआर परीक्षण हुँदा ५ सयमा कोरोना पुष्टि भएको छ।

२ सय १३ महिला र २ सय ८७ पुरुष छन्। त्यस्तै सोही अवधिमा निको हुनेको संख्या ८ सय ४० र छ भने ३ संक्रमितको मृत्यु भएको छ।

हालसम्म १९ लाख ५ हजार ८ सय २६, कुल संक्रमित २ लाख ५७ हजार ७ सय, सक्रिय संक्रमित ६ हजार ७ सय ४९, संक्रमणमुक्त २ लाख ४९ हजार १ सय ३२, संक्रमणमुक्त हुने प्रतिशत ९६.७ प्रतिशत र मृतकको संख्या १८ सय १९ पुगेको छ।