मोरङबाट दुई जना भारतीय १७ हजार ७ सय रुपैया भारतीय नक्कली नोट सहित पक्राउ

400
views

विराटनगर । मोरङको रंगेली(८ दर्बैसा स्थतिबाट दुई जना भारतीयलाई १७ हजार ७ सय रुपैया भारतीय नक्कली नोट सहित प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय रंगेलीका अनुसार पक्राउ पर्नेमा भारतको बौका चोप्राह बस्ने ३० बर्षीय कुन्दन मण्डल र १८ बर्षीय शविरन्जन सिंह रहेका छन।

विआर ३८ एन ०२५१ नम्बरको मोटरसाईकलमा सवार गरी आएका मण्डल र सिंहलाई प्रहरी टोलीले नियन्त्रणमा लिइएको हो।

नियन्त्रणपश्चात् उनीहरु उपर चेकजाँच गर्दा भारतीय नक्कली नोट २०० दरको १७ थान र १०० दरको १४३ थान फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।

यसरी नक्कली भारतीय रुपैया सहति पक्राउ परेका उनीहरु उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाइएको छ।