प्रतिनीधिसभा विघटनविरुद्ध बोल्दै डा. केसीले भने ‘नेपाल प्रधानमन्त्री र राष्ट्रपतिको निजि सम्पत्ति होईन’

667
views

काठमाडौ, १२, पुस । प्रतिनिधिसभा विघटनविरुद्ध बोल्दै चिकित्सा क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले प्रतिनिधिसभा विघटनविरुद्ध बोल्दै नेपाल प्रधानमन्त्री ओली र राष्ट्रपति विद्या भण्डारीको निजी सम्पत्ति नभएको बताएका छन् ।

संसद विघटनलाई प्रधानमन्त्री केपी ओलीको अवैध तथा अनधिकृत भएको बताउँदै उनले ओली र राष्ट्रपतिलाई जनताले पूर्वराजा ज्ञानेन्द्रको हालतमा पु¥याइदिने चेतावनी समेत दिएका छन ।

आज एक विज्ञप्ति प्रकाशित गर्दै उनले संबिधान र गणतन्त्र जनताले रगत बगाएर ल्याएको भन्दै त्यसलाई आफ्नो स्वार्थको फुटबल नबनाउन आग्रह गरे । संविधानलाई आफ्नो स्वार्थको फुटबल बनाउनेहरुलाई दण्डित गर्नु नागरिकको कर्तव्य हुने केसीले विज्ञपतीमा उल्लेख गरेका छन् ।

डा. केसीले संबिधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर चालिएको कदमलाई न्यायालयले सच्चाउने भन्दै न्यायालय पनि अग्निपरीक्षामा रहेको बताए ।