अविश्वासको प्रस्ताव सामना गर्छु – राई

500
views

विराटनगर, १२, पुस । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अविश्वासको प्रस्ताव सामना गर्ने बताएका छन् ।

प्रदेशसभा सचिवालयमा नेकपाकै ३७ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री राईले सुविधाजनक बहुमतका साथ सामना गर्ने बताएका हुन् ।

‘यो सुनियोजित, निर्देशित, चालबाजी, गोटी हो भन्ने प्रदेश सांसदहरुलाई राम्रो थाहा छ’, राईले भने विवेक भएका सांसदहरु भएकाले अविश्वासको प्रस्ताव सामान्य हो ।

उनले प्रदेश १ मा अब सर्वदलीय सरकार बन्न सक्ने संकेत गरे । ‘यो स्वभाविक र प्राकृतिक जगबाट आएको होइन । त्यसैले प्रदेशसभाको सम्पूर्ण दलहरु छलफल गर्छौ । सबै दलहरु बीचको सहमति बन्छ’, राईले भने ।