संखुवासभामा प्रहरी र विप्लव समूहबीच गोली हानाहान

618
views

खाँदबारी, १२, पुस । नेत्रविक्रम चन्द ‘विप्लव’ समुह र प्रहरीबीच गोली हानाहान भएको छ । संखुवासभाको चैनपुर नगरपालिका–४ मैदानेमा गोली हानाहान भएको हो ।

आइतबार दिउँसो बरिव ३ तिर विप्लब समूह कार्यकर्ता र प्रहरीबीच भिडन्त भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी नवराज मल्लले जानकारी दिए । यस अघि पनि विप्लव समूह र प्रहरीबीच संखुवासभामा २ दुई स्थानमा गोली हानाहान भएको थियो ।

विप्लव समूहले नियमित गस्तीमा रहेको प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि प्रहरीले गोली चलाएको डीएसपी मल्लले बताए ।

प्रहरीले विप्लव समूहले प्रयोग गरेका केही विष्फोटक सामाग्री समेत सोही स्थानबाट बरामद गरेको बताइएको छ ।