नेकपा प्रचण्ड-माधव समूहले दोस्रो चरणको आन्दोलन गरे घोषणा

600
views

काठमाडौं । नेकपा प्रचण्ड(माधव समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ।

शनिबार पत्रकार सम्मेलन गरी प्रतिगमनविरोधी केन्द्रीय संघर्ष समितिले आन्दोलनको घोषणा गरेको हो। जसमा पुस २० देखि माघ २३ गतेसम्मका आन्दोलनका कार्यक्रम छन्।

२४ पुसमा असंवैधानिक कदम सच्याई देशवासीसँग क्षमायाचना गर्न माग गर्दै सबै जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम घोषणा गरिएको छ। प्राधनमन्त्रीलाई ज्ञापनपत्र दिनेदेखि र संविधानको पुस्तक दिनेदेखि देशका ठूला प्रमुख शहरहरूमा बृहत कार्यक्रम र भेलासमेत गरिने घोषणा गरिएको छ।