सत्ताको बलमा गरेको असंवैधानिक कदम असफल हुन्छः नेता श्रेष्ठ

492
views

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रवक्ता नारायणकाजी श्रेष्ठले सत्ताको बलमा गरेको असंवैधानिक कदम असफल हुने बताएका छन्।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको दोस्रो चरणको विरोध प्रदर्शन कार्यक्रमपछि सञ्चारकर्मीहरूसँगको कुराकानीको क्रममा उनले यस्तो बताएका हुन्।

‘सत्ताको र शक्तिको बलमा भएका यस्ता असंवैधानिक कदमको विरोध गर्नका लागि दोस्रो चरणको कार्यक्रम ल्याएका हौँ।

पहिलो चरणको हामीले सफल बनाएका छौँ’ उनले भने, ‘असंवैधानिक कदम चाल्नेहरूको प्रयास सफल हुँदैन। नेपालको संविधान पनि कहीँ छैन। सोही अनुसार हामीले यस्ता कदमलाई छिट्टै असफल पाछौँ।’

असंवैधानिक कदम विरुद्धको अरू दलले पनि आन्दोलन गरिरहेको उनले बताए। ‘सरकारको कदमविरुद्ध जानका लागि अरू दलसँग पनि सँगै जान छलफल भइरहेको छ। उहाँहरु पनि लागि राख्नुभएको छ उनले भने, कांग्रेस जसपा लगायतका सबै दलहरुले आआफ्नो ठाउँमा आन्दोलन गरि राख्नुभएको छ। उहाँहरूसँग हाम्रो छलफल भइरहेको छ।

दोस्रो चरणको आन्दोलन पनि प्रतिगामी र असंवैधानिक कदमको विरुद्ध केन्द्रीत रहेको उनले बताए। ‘निर्वाचित सरकारले नै असंवैधानिक कदम थालेकाले सबैलाई संगठित गराउन चाहन्छौँ। संविधानमा नभएको सरकारी शक्तिको कारणले भएको यस्ता कदमविरुद्ध हामी लागिरहन्छौँ उनले भने।

जनताको भावना र संविधानअनुसार काम गर्नुपर्ने उनले तर्क गरे। संविधानका अंगको स्वतन्त्रतापूर्वक काम गर्न पाउनुपर्ने वातावरण अब जनताले दिने उनले बताए।