वर्तमान संविधान पुनर्लेखन गर्नुपर्दछ–रिजाल

1107
views

पर्वत, १८, पुस । जनता पार्टीका केनिद्रय सभापति अधिवक्ता तिलक बहादुर रिजालले ‘नेपालको संविधान २०७२’ को पुनर्लेखन गर्नुपर्ने बताएका छन् । संगठन विस्तार अभियानमा जुटेको जनता पार्टीले आज पर्वतमा आयोजित सर्विपक्षिय अन्र्तक्रिया कार्यक्रममा जनपक्षिय संविधान नभएको उल्लेख गर्दै यो संविधानको पुनर्लेखन गनुपर्नेमा जोड दिए ।

कार्यक्रममा रिजालले जनता पार्टीले विगतका चुनावहरु बहिष्कार गरेको बताउँदै जनताको अभिमत बोकेर गएका दलहरुले जनपक्षिय संविधान लेख्न नसकेकोले उक्त संविधानलाई खारेज गरी पुनर्लेखन गर्नुपर्ने बताए ।

मुलुकमा संविधान छ तर, राष्ट्रियता धरापमा छ, जनतामा हेर्यो जनजीविकाका समस्या ज्यूँका त्यूँ छन्, उनले भने ‘हुँदा हुँदा त राष्ट्रपति र प्रधानमन्त्रीको एकल निर्णयमा पो संविधान केन्द्रित बन्यो, यो संविधान र व्यवस्थाले मुलुकको उन्नति र जनताको समस्या समाधान हुँदैन पुनर्लेखनको आवश्यकता छ ।’

उनले पुनर्लेखित संविधानमा आर्थिक, सामाजिक रुपान्तरणसँगै हिन्दु, बौद्धधर्म, मुस्लिम धर्ममा आस्था राख्नेहरुको अधिकार सहितको संविधान र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने व्यवस्थाको संंविधान मुलुकलाई आवश्यकता रहेको औंल्याए ।

कार्यक्रममा प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेस पर्वतका जिल्ला सदस्य कुलप्रसाद पाध्याले मुलुक संविधान राम्रो हुँदाहुँदै पनि कार्यान्वयनमा समस्या देखिएकोले २०७२ मा घोषित संविधानको पूर्णपालना गरी अगाडी बढ्नुपर्नेमा जोड दिए ।

पाध्याले जनताले संविधानको कार्यान्वयनका लागि दुई तिहाई बहुमात दिएर पठाएको पार्टीको गलत व्यवहारले वलिदानी मार्फत ल्याइएको संविधानमा नै प्रश्नचिन्ह खडा भएकोले संविधानभन्दामाथि नउठ्न सरकालाई चेतावनी दिए ।

कार्यक्रममा जनता समाजवादी पार्टी पर्वतका जिल्ला अध्यक्ष याम बहादुर चोचाङ्गी पुन ‘नविन’ ले वर्तमान संविधानको पुनर्लेखनका साथै देशमा कार्यकारी प्रमुख पूर्ण समानुपातिक व्यवस्वथा रहेको संविधान लेखिनुपर्नेमा जोड दिए ।

पुनले संविधानमा कार्यकारी प्रमुख लेखिंदा र कार्यान्वयनमा जाँदा तानाशाह जन्मिन्छ भन्ने ग्रसित मानसिकताबाट उठेर नेपालमा आर्थिक सामाजिक र राजनैतिक रुपान्तरणका लागि संविधानको पुनर्लेखन गर्न जरुरी रहेको उल्लेख गरे ।

सर्वपक्षिय अन्र्तक्रिया कार्यक्रममा माातृभुमिका लागि नेपाली पर्वतका संयोजक एवं अधिवक्ता यज्ञबहादुर थापाले संसदीय व्यवस्था नै परिवर्तन गरी मुलुकको सर्वोपरि हितका लागि उत्तर कोरियामाजस्तो शासक जन्माउने व्यवस्था आवश्यक रहेको बताए ।

थापाले मुलकले संघीय राजाहरु धान्न र पाल्न नसक्ने भन्दै एकात्मक राज्य व्यवस्थाका लागि आन्दोलनको आँधीवेहरी सिर्जना गर्नुपर्ने बताए ।

जनता पार्टी पर्वतका सभापति लक्ष्मण जिसीको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपस्थित वक्ताहरुले प्रधानमन्त्री र राष्ट्रपतिको एकल निर्णय चल्ने संविधान र मुलुकलाई विदेशीको प्रयोगशाला बनाउने संसदीय व्यवस्वथाको विकल्प खोज्नुपर्ने बताएका थिए ।

उक्त कार्यक्रमको सञ्चालन सो पार्टीका महामन्त्री चन्द्र चन्द्र सुर्यले गरेका थिए ।

जनता पार्टी पर्वतको पूर्नगठन
यसैबीच जनता पार्टी पर्वतले जिल्ला कार्यसमितको पुर्नगठन गरेको छ । पुर्नगठित जिल्ला समितिको सभापतिमा लक्ष्मण जिसी, उपसभापति विष्णु भुसाल, सचिव टिका बहादुर जिसी, सह–सचिव ईन्द्र बहादुर केसी र कोषाध्यक्षमा सिन्धु पौडेल रहेका छन् ।

समितिको सदस्यहरुमा उदय ठकुरी, गणेश जिसी, हरि सुवेदी, दिपेन्द्र जिसी रहेका छन् ।