कर्णाली प्रदेश सरकारले आफ्नै यातायात सेवा सञ्चालन गर्ने गरी पक्रिया अगाडी बढायो

1213
views

सुर्खेत । कर्णाली प्रदेश सरकारले आफ्नै यातायात सेवा सञ्चालन गर्ने गरी पक्रिया अगाडी बढाएको छ ।

पब्लिक कम्पनी वा सहकारी प्रर्णाली मार्फत आफ्नै यातायात संचालन गर्ने नीति तथा कार्यक्रम अुनसार पक्रिया अगाडी बढाएको हो । त्यसको लागि अहिले कार्यविधि तयार गर्न लागिएको भन्दै अब बस्ने क्याविनेट बैठकमा पेश गरिने प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

यातायात सेवालाई सुरक्षित, प्रतिष्पर्धी, गुणस्तरीय र सेवामुखी बनाउन आफ्नै यातायात सञ्चालन गरिने मन्त्रालयका प्रवक्त गोपाल शर्माले बताए ।

सरकाले आफ्नै यातायात संचालन गरि नमुना काम गर्ने भन्दै यसबाट जनताले गुणस्तरिय सेवा पाउने शर्माले बताए । प्रदेश सरकारले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा सहकारी तथा अन्य संघ संस्थाको साझेदारीमा आफ्नै पब्लिक यातायात संचालन गर्ने छ ।

समाजवादी मोडेल दिइएको उक्त कार्यक्रमका विषयमा सरकारको चासो भने त्यती नदेखिएको सरोकारवालाहरु बताउछन । प्रदेश सरकारले ल्याएका नीति तथा कार्यक्रहरु कागजमा मात्र सिमित हुने भन्दै कार्यान्वयनमा चुनौति रहेको उनिहरुको तर्क छ ।