नेकपा प्रचण्ड–नेपाल समूहको सचिवालय बैठक बस्दै

415
views

काठमाडौं । आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक बस्दैछ । नेकपा प्रचण्ड–नेपाल समूहको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।

 

फाईल तस्बीर

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित छ ।

एउटा समूहको नेतृत्व अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन् ।