साईबर अपराध सम्बन्धी विद्यार्थीलाई प्रशिक्षण

843
views

पर्वत, १३, माघ । जिल्ला प्रहरी कार्यालय पर्वतले साइबर अपराध सम्बन्धी विद्यार्थीसँग अन्तरक्रिायामक कार्यक्रम गरेको छ । प्रहरीले साईबर अपराध के हो ? यससंग सम्बन्धित ऐन कानून के हुन् ? र यसबाट कसरी बच्ने भन्ने विषयलाई लिएर सदरमुकाम कुश्मामा रहेको शिवालय माध्यमिक विद्यालयका विद्यार्थीलाई प्रशिक्षण दिएको हो ।

प्राय सदरमुकाम केन्द्रित रहेर कार्यक्रम गर्दै आएको प्रहरीले साझेदारी कार्यक्रम अन्र्तगत विद्यार्थीलाई सचेतना जगाउँदै आएको छ ।

कार्यक्रममा शिवालय मावि कुश्माका प्रधानाध्यापक भुपेन्द्र चापागाई, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदिप पौडेल, सामुदायिक प्रहरी सेवा केन्द्र कुश्माका प्रहरी नायव निरीक्षक पुर्णिमा थापा, सोही विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।

कक्षा ९, १० र ११ का विद्यार्थीहरुलाई दिइएको प्रशिक्षण कार्यक्रममा पछिल्लो समयमा उच्चतम प्रविधिबाट हुने अपराधका विषयमा पनि विद्यार्थीहरुले चासो व्यक्त गरेका थिए ।