कांग्रेसद्वारा थप आन्दोलनको घोषणा

543
views

काठमाडौं, १३, माघ । प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा थप आन्दोलनको घोषणा गरेको छ ।

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले माघ १९ गते भ्रातृ संस्था, २४ गते शुभेच्छुक र ३० गते सबै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको सार्वजनिक गरेको हो ।

३० गते काठमाडौंका तीन जिल्लाको कार्यक्रम पनि एकीकृत रुपमा गर्ने भएको छ । पार्टीका केन्द्रीय सदस्य अर्जुनरसिंह केसीले माघ १९ गते भातृसंस्था र २४ गते शुभेच्छुक संस्थाको आयोजनमा देशभर प्रदर्शनका साथै पार्टीले माघ ३० गते ७७ जिल्लामै प्रदर्शन गर्ने कार्यक्रम छ ।