शहीदहरूको मार्गदर्शन नै समृद्धि–प्रधानमन्त्री

445
views

काठमाडौं, १६, माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिको आकाङ्क्षाविपरीत खडा गरिएका चुनौतीलाई एकजुट भएर पराजित गर्नुपर्ने बताएका छन् ।

शहीद दिवस–२०७७ का सन्दर्भमा अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री ओलीले भने, “हाम्रा अमर शहीदहरूको बलिदानीले हामीलाई देखाएको मार्गदर्शन पनि यही हो ।”

उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न स्थिर राजनीति अपरिहार्य भएको चर्चा गर्दैै शहीदहरूको बलिदानीपूर्ण सङ्घर्षको मार्गदर्शनबाट समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउँदै राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तव्य हामीले तय गरेको बताएका छन् ।