दाहाल–नेपाल समुह जनसभामै केन्द्रित

877
views

काठमाडौं, १६, माघ । प्रतिनिधिसभा विघटनपछि नेकपाको प्रचण्ड–दहाल समुह जनसभामा केन्द्रित छ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि प्रचण्ड–माधव समुह सडकमा ओर्लिएको हो ।

संसद पुर्नस्थापनाको माग गर्दै आएको प्रचण्ड–माधव समुहले संसद विघटनविरुद्धआज विराटनगरमा विरोध सभा गर्दैछ ।

दिउँसो हुने विरोध सभालाई पार्टी अध्यक्षहरु पुष्पकमल दाहाल र माधवकुमार नेपाल लगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

सभाअघि बरगाछी, तिनपैनी, हाटखोला र रोडषेश चौकबाट ¥याली निकाल्ने तयारी छ । सभामा ६० हजार बढि जनता सहभागी हुने दावी आयोजकले गरेका छन ।

सो समूहले बिहीबार बुटवलमा सभा गरेको थियो । प्रतिनिधि सभा विघटनको विरोधमा दाहाल नेपाल समूह तेस्रो चरणको आन्दोलनमा रहेको छ ।