ओलीले पार्टीमात्र होइन देश नै कब्जा गर्न लागेः नेपाल

351
views

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले पार्टीमात्र होइन देश नै कब्जा गर्न लागेको बताएका छन्।

फाईल तस्वीर

नेकपा प्रचण्ड–नेपाल समूहले सञ्चालन गरिहेको आन्दोलन र अभियानका बारेमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले अहिलेको विवादलाई नेकपाको आन्तरिक मामिलामात्र नसोच्न आग्रह गरे। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आर्मीका गाडी गुडाएर कोही नतर्सिने पनि बताए।

‘केपीले पार्टी त कब्जा गरे गरे देश नै कब्जा गर्न लागे। यो नेकपाको मात्र आन्तरिक मामिला हैन।’ उनले भने ‘लोकतन्त्र र संविधानको रक्षाको लागि हामी जिल्ला जिल्लामा पुग्यौं। अब यो हाम्रो मात्र मामिला रहेन।’

नेपालले चोइटिएर जानेको केही शक्ति छैन भन्दै जिल्लादेखि केन्द्रसम्म आफूहरुसँग बहुमत रहेको पनि बताए। ओलीलई गणेश प्रवृतिका मान्छेले बा भनेर पूजाआजा गरिरहेको नेपालको टिप्पणी छ। केपी ओलीसँग इतिहासले एक–एक हिसाबको बदला लिने बताए।