एजेन्सी, १२, फागुन । भारतले पाकिस्तानलाई भारतीय हवाईमार्ग प्रयोगको अनुमति दिएको छ ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाइ डेढ बर्ष पहिले आफ्नो हवाई मार्ग प्रयोगमा रोक लगाएपछि दुई देशबीच एकअर्काले हवाई मार्ग प्रयोगमा रोक लगाएका थिए ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले श्रीलंका भ्रमणका लागि भारतको एयर–स्पेस प्रयोग गर्न अनुमति मागेपछी भारतले अनुमति दिएको हो ।
भारत सरकारको यो कदमप्रति पाकिस्तानले स्वागत गर्दै भारतमाथि लगाएको हवाई मार्ग प्रतिबन्ध फुकुवा गर्ने जनाएको छ ।